तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय उत्पादन देश निर्माणमा महत्त्वपूर्ण : मन्त्री राणा 

कास्की । परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले दिगो पर्यटन, स्थानीय उत्पादनको प्रयोग र सामाजिक उत्तरदायित्वमा आधारित उद्यमहरू देशको भविष्य निर्माणमा महत्त्वपूर्ण बन्ने बताउनुभएको छ ।

अंशुभरा ग्रुपद्वारा प्रवर्द्धित पर्यावरणमैत्री लक्जरी रिसोर्टको बुधवार पोखरामा उद्घाटन गर्दै मन्त्री देउवाले पछिल्लो पुस्ताले व्यवसायमा देखाएको सक्रियता प्रशंसायोग्य भएको बताउँदै देशमै अवसर र सम्भावनाको खोज गर्न आग्रह समेत गर्नुभयो । 

बगैँचाजस्तो लगानीमैत्री परियोजनाहरूले सस्टेनेबल टुरिजम अर्थात् दिगो पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।  ‘सस्टेनेबल टुरिजमको अवधारणालाई आत्मसात् गर्दै बगैँचाले एउटा उदाहरणीय काम गरेको छ । यसले पोखराको पर्यटन मात्र होइन, सम्पूर्ण मुलुकको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउनेछ’ उहाँले भन्नुभयो ।  

उहाँका अनुसार पछिल्ला केही महिनामा सरकारले लगानीको वातावरण बनाउन महत्त्वपूर्ण काम अघि बढाएको छ । पछिल्लो ६ महिनामा सरकारले गरेको काम प्रशंसायोग्य भएको र पर्यटन लगायतका क्षेत्रलाई अघि बढाउन यस्ता वातावरण बनाउँदै जानुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले बगैँचा रिर्सोट एन्ड स्पामा भएको लगानीले पोखराको पर्यटन, रोजगारी र स्थानीय उत्पादनमा बहु आयामिक योगदान दिने विश्वास व्यक्त गर्नुभयो। 

अंशुवरा ग्रुपका चेयरमेन एवम् गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बगैँचालाई व्यावसायिक सफलताको मात्र होइन, सामाजिक उत्तरदायित्व र वातावरणीय संरक्षणको दृष्टिकोणबाट अघि बढाएको उल्लेख गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button