तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीस्थित राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन गर्नुभएको छ । 

भव्य समारोहबिच उहाँले रानी जमरा कुलरिया सिचाई आयोजना तर्फको १४ हजार ३ सय हेक्टर सिँचाइ योजना र ४ दशमलव ७१ मेगावाट जलविद्युत तथा प्रसारण लाइनको उद्घाटन गर्नुभएको हो । 

आजै प्रधानमन्त्री ओलीले कर्णाली चिसापानीमा रहेको रानी जमरा कुलरिया सिचाई आयोजनाको मूल इन्टेकको स्थलगत निरीक्षण गर्नुभयो ।

समारोहमा मुख्यमन्त्री कमल बहादुर शाह, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का लगायतको उपस्थिति रहेको थियो ।

कैलालीको दक्षिण पूर्वी क्षेत्रमा ३८ हजार ३ सय हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा बाह्रै महिना सिँचाई सुविधा पुर्‍याउने लक्ष्यसहित पहिलो चरणमा सिचाइ आयोजनाको निर्माण कार्य पूरा भएको छ । आयोजनाको निर्माण लागत करिब २७ अर्ब ७० करोड २४ लाख अनुमान गरिएको छ । 

पहिलो चरणको १४ हजार ३ सय हेक्टर सिचाई आयोजना सम्पन्न भएको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणको निर्माण कार्य आगामी आर्थिक वर्ष २०८५/०८६ मा पूरा गर्ने सरकारी लक्ष्य रहेको छ । 

सिचाई आयोजना अन्तरगत हालसम्म १४ हजार ३ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने र ४ दशमलव ७१ मेगावाट विद्युत् उत्पादन भइरहेको आयोजनाले जनाएको छ । 

हालसम्म सिचाइ आयोजनाको भौतिक प्रगति ७४ दशमलव ७६ प्रतिशत र वित्तीय प्रगति ६९ दशमलव ५५ प्रतिशत रहेको छ ।

राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको निर्माण कार्य पूरा भएपछि कैलालीका किसान हर्षित भएका छन् ।

तस्वीर : आशिष् पौडेल, प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया राख्नुहोस्

Back to top button