तपाईँ सुन्दै हुनुहुन्छः

हवाई सेवा प्राधिकरण विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँग छलफल

काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल गरेको छ ।

समितिको आजको बैठकमा सदस्यहरूले हाल नेपालको हवाई सेवा अन्तर्राष्ट्रिय स्तरमा कालो सुचीमा रहेकाले अब बन्ने कानुन त्यसलाई हटाउने गरी बनाइनुपर्ने, सेवा स्तरको संस्थागत सुधारमा ध्यान दिनुपर्ने, अन्तर्राष्ट्रिय लगानी भित्र्याउने गरी कानुन निर्माण गरिनुपर्ने लगायतका विषयमा सुझाव दिनुभयो ।

यसै गरी नेपालको हवाई क्षेत्र असुरक्षित छ भन्ने नकारात्मक प्रचारलाई निराकरण गर्ने गरी सुधारका कार्यहरू अगाडी बढाउन सम्बन्धित निकायले ध्यान दिन नसकेको भन्दै समिति सदस्यहरूले मन्त्रालय र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button