तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा युवा तथा खेलकुद मन्त्री पाण्डेद्वारा शपथ

लुम्बिनी । लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । 

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष नवनियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । 

मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेशका मन्त्री तथा उच्चपदस्थ पदाधिकारीहरूको उपस्थितिमा मन्त्री पाण्डेले प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज शपथ ग्रहण गर्नुभएको छ ।

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । खाली रहेको युवा तथा खेलकुद मन्त्रीमा लोसपाका संसदीय दलका नेता पाण्डेलाई नियुक्त गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button