तपाईँ सुन्दै हुनुहुन्छः

पार्टी सदस्यता नवीकरणमा रोक लगाउन मिल्दैन : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता नवीकरणमा रोक लगाउन नमिल्ने भन्दै पार्टी केन्द्रीय कमिटीको निर्णय अपरिपक्व भएको बताउनुभएको छ ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले उहाँको सदस्यता नवीकरणमा रोक लगाउँदै सक्रिय राजनीतिमा आउन नमिल्ने निर्णय गरेपछि आज काठमाडौँमा पत्रकार सम्मेलन गरी आफूले पार्टी सदस्यता लिएको ४५ वर्ष भइसकेको हुँदा आफूलाई रोक्ने गरी एमालेले गरेको निर्णय वैध र परिपक्व नभएको दाबी गर्नुभयो । 

पूर्व राष्ट्रपति भण्डारीले पार्टीको यस निर्णयले पार्टीको साख र प्रतिष्ठा घटाउने भएकाले पनि यो निर्णय स्वीकार गर्न नसकिने बताउनुभयो । 

नेकपा एमाले बनाउन आफूलगायत हजारौँ योद्धा र सदस्यले रगत पसिना लगाएको उल्लेख गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले आफू पार्टी त्यागेर राष्ट्रपति नबनेको र विधि अनुसार नै पार्टी सदस्य बनेको पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button