तपाईँ सुन्दै हुनुहुन्छः

तराईमा खानेपानी र सिँचाइको व्यवस्था गर्न सांसदहरूको माग

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले तराई मधेशका जिल्लाहरूमा खानेपानी र सिँचाइको यथाशीघ्र व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

बैठकमा सांसदहरुले तराईमा पानी नपरेर सुख्खापन बढेसँगै कृषिमा समस्या उत्पन्न भइरहेको समयमा खानेपानीको समेत समस्या बढ्दै गएको र पानीका स्रोतहरू सुक्दै गएको भन्दै तत्कालीन र दीर्घकालीन रुपमा समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकको आकस्मिक समयमा सांसद आनन्दप्रसाद ढुङ्गानाले तराईमा पानी नपरेका कारण सुख्खा बढेपछि खानेपानीको समस्या सुरु भएकाले खानेपानीको समस्याको दीर्घकालीन समाधानमा लाग्न सरकारलाई आग्रह गर्नुभयो ।

सांसद शेखरकुमार सिंहले मधेशमा पानीको विकराल अवस्था सिर्जना भएको यथाशीघ्र खानेपानी र सिँचाइको व्यवस्था गर्न माग गर्नुभयो । 

बैठकको शुन्य समयमा सांसदहरुले पहाडी भूभागमा बाढी पहिरो र तराईमा सुख्खा बढेका कारण आम मानिस मारमा परिरहेको, जलवायु परिवर्तनको प्रभाव देखिन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले अहिलेपनि छाउगोठमा महिलाले मृत्यु खेप्नु परिरहेको, तराईमा सर्पदंशको समस्या पनि रहेको र समस्या समाधानका लागि समयमा ध्यान पुग्न नसक्दा मानिसले ज्यान गुमाउन परिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button