तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले (आज) साउन १ गते सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो । प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ–संस्थाहरूमा बिदा दिइएको छ । २०८१ को चैत १७ गते कर्णाली सरकारको मन्त्रिपरिषद् बैठकबाट बिदा दिने निर्णय गरिएको हो ।

प्रदेशका हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटमा विशेषगरी धार्मिक तथा सांस्कृतिक महत्व दिएर मनाउने यो पर्वमा देउडा खेल्ने गरिन्छ । साउने सङ्क्रान्ति पर्वको अवसरमा ग्रामीण बासिन्दा आफ्नो घरको छतमा सल्लाको तेलयुक्त काठलाई राँको बनाएर बाल्ने र वर्षभरि गाउँघरमा सिर्जित विकृतिलाई धार्मिक विधिबाट लुतो फाल्ने प्रचलन रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button