छाउगोठ भत्काउन नगरपालिकाद्धारा सार्वजनिक सूचना जारी
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुरनगरपालिकाले छाउगोठ भत्काउन सार्वजनिक सूचना जारी गरेको छ ।
आफ्नै पक्की र सुरक्षित घर हुँदाहुँदै पनि समाजमा गहिरोसँग जरो गाडेको अन्धविश्वासका कारण घरबाहिरको छाउगोठमा सुत्न बाध्य पारिएकी कृष्णपुर नगरपालिका–१, निगाली गाउँकी २८ वर्षीया कमला दमाईको शनिवार राति सर्पको टोकाईबाट मृत्यु भएपछि नगरपालिकाले यस्तो सूचना जारी गरेको हो ।

जारी सूचनामा कृष्णपुर नगरपालिकाले पालिका भित्र रहेका सबै छाउगोठ १५ दिन भित्र भत्काउन भनिएको छ, अटेरी गरि नभत्काउने व्यक्तिलाई १० हजार जरिवाना तिराइने समेत पालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्