तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेटमा नेपालीले प्राप्त सफलता खेलाडीहरूको खेलप्रतिको समर्पण, लगाव र मेहनतको प्रतिफल हो: राष्ट्रपति पौडेल

काठमाडौँ I राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरूले पाएको सफलता प्रशंसनीय रहेको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले आज शीतल निवासमा एसीसी यू – १६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई बधाई दिनुहुँदै क्रिकेटमा नेपालीले हात पारेको सफलता खेलाडीहरूको खेलप्रतिको समर्पण, लगाव र मेहनतको प्रतिफल भएको उल्लेख गर्नुभयो । 

उहाँले सिंगापुरसँग भएको फाइनल खेलमा एसीसी यू – १६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेर मुलुकको प्रतिष्ठा उँचो बनाएको भन्दै यसले नेपाल र नेपालीको इज्जत र प्रतिष्ठा बढाएको स्पष्ट पार्नुभयो । 

राष्ट्रपति पौडेलले हाम्रा परम्परागत खेललाई परिष्कृत, विकसित र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सकियो भने देशको थप इज्जत र प्रतिष्ठा बढाउन सकिने बताउनुभयो । 

राष्ट्रपति पौडेलले देशभित्रै खेलकुदका लागि आवश्यक पूर्वाधार तथा प्रतियोगिता र प्रशिक्षण बढाएर देश विदेशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान आवश्यक रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button