तपाईँ सुन्दै हुनुहुन्छः

बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयकमाथिको छलफल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्क तथा वित्तीय संस्थाहरूलाई व्यवस्थित र समयानुकूल बनाउन विधेयक ल्याइएकाले ऐन आएपछि बैङ्क तथा वित्तीय संस्थासम्बन्धी समस्या हल हुने बताउनुभएको छ । 

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँगको छलफलपछि अर्थमन्त्री पौडेलले विधेयकलाई छिटो भन्दा छिटो टुङ्गोमा पुर्‍याउन  आग्रह गर्नुभयो । 

विधेयकमा आवश्यकता अनुसार पर्याप्त छलफल गर्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले आवश्यकता अनुसारका सम्पूर्ण सूचनाहरू अर्थ मन्त्रालय र राष्ट्र बैंकले समितिलाई उपलब्ध गराउने बताउनुभयो ।

सांसदहरुले सोधेका प्रश्नको जवाफमा अर्थमन्त्री पौडेलले भारतबाट नेपाल आउने व्यक्तिले पाँच हजार अमेरिकी डलर बराबर रकम ल्याउन सक्ने व्यवस्था गरेको विषयमा जानकारी गराउँदै थप रकम ल्याउन चाहेमा भन्सारमा घोषणा गरेर ल्याउन सक्ने बताउनुभयो ।  

पाँच सय र एक हजारका भारतीय रुपैयाँ नेपालमा ल्याउँदा पछि भारतले फिर्ता नलिने हुँदा एक सय वा सो भन्दा तलका नेट मात्रै नेपाल ल्याउन सकिने र एटिएम र क्युआर मार्फत पनि तोकिएको रकम खर्च गर्न सक्ने व्यवस्था रहेको  पनि अर्थमन्त्री पौडेलले जानकारी गराउनुभयो ।

बैठकमा सासदहरुले भारतबाट नेपाल आउन २५०० भन्दा बढी ल्याउन पाइन्छ भन्नेबारे जनाकारी सबैलाई दिनुपर्ने, एक सय र सो साना नोट ल्याउन कठिन हुने, भारतीय एटिएम मार्फत नेपालमा पैसा झिक्न मिल्ने व्यवस्था गर्नुपर्ने, विदेशमा पनि नेपाली बैङ्कको शाखा खोल्नु पर्ने लगायतका विषय उठाउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button