अविरल बर्षाका कारण धनगढी जलमग्न
धनगढी । अविरल बर्षाका कारण सुदूरपश्चिम प्रदेश मुकाम धनगढी जलमग्न भएको छ । दुई दिनदेखि परेको बर्षाका कारण धनगढी बजारको मुख्य सडक, हसनपुर, तारानगर, शिवनगर, क्याम्पस रोड लगायतका क्षेत्र डुबानमा परेका छन् ।

त्यस क्षेत्रका अधिकांश घरमा पानी पसेको छ । धनगढीमा बाढीको डुबानमा परेका २ परिवारका ८ जनाएको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार सिंहले बर्षाका कारण धनगढी जलमग्न भएको बताउनुभयो ।
बाढी प्रभावित क्षेत्रका सुरक्षाकर्मी परिचालन गरिएको र घर डुबानमा परेका धनगढी ७ र १३ का गरि ८ जनालाई सकुशल उद्धार गरि सुरक्षित स्थानमा सारिएको बताउनुभयो । बाढी डुबानका कारण धनगढीका अधिकांश विद्यालयमा आज बिदा दिइएको छ ।
यसैबिच मुख्यमन्त्री कमल बहादुर शाहले बाढी र डुबानबाट सुरक्षित र उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । उहाँले बाढी प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन देखि आवश्यक तयारीमा रहन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्