तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । अविरल वर्षापछि आएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ। कालिकोटको गगने खोलामा रातिदेखिको लगातार वर्षासँगै ठूला ढुंगासहितको पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन जुम्लाले जनाएको छ।

सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीका अनुसार गगने खोलामा बिहान ६ बजेदेखि सडक बन्द भएको हो। सडक खुलाउन हेभी मेसिनसहित जनशक्ति परिचालन गरिएको उहाँले बताउनुभयाे।

वर्षा जारी रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सडक डिभिजनले यात्रुहरूलाई आग्रह गरेको छ। सडक अवरुद्ध हुँदा जुम्लादेखि सुर्खेत, नेपालगन्जतर्फ जाने मालबाहक र यात्रुबाहक सवारी साधन रोकिएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button