तपाईँ सुन्दै हुनुहुन्छः

निजी शैक्षिक संस्था सञ्चालनका सम्बन्धमा समितिमा सहमति

काठमाडौँ । संसदीय समितिमा छलफलको अन्तिम चरणमा पुगेको विद्यालय शिक्षा विधेयकमा रहेको निजी शैक्षिक संस्था सञ्चालनका सम्बन्धमा सहमति जुटेको छ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकले   निजी विद्यालयहरूलाई सेवामूलक, लोक कल्याणकारी र क्रमशः गैर नाफामूलक बनाउदै लगिने भन्ने बुँदा थप गरी समितिका सभापति अम्मरबहादुर थापाले निर्णयार्थ प्रस्तुत गर्नुभएको प्रस्तावलाई समितिले सर्वसम्मतिले पारित गरेको हो ।  

समितिमा सहमति जुट्न बाँकी प्रारम्भिक बाल शिक्षाका सम्बन्धमा  पनि छलफल भएको छ । 

बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ गतेभित्रै प्रतिनिधिसभाका पेश गर्ने गरी विधेयकलाई टुङ्ग्याउन समितिलाई अनुरोध गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button