तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौँ ।प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभा बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले विरोध र नाराबाजी जारी राखेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको हो ।

बैठक सुरु हुनासाथ रास्वपा सांसद चन्दा कार्कीले समय माग गरी भिजिट भिसा प्रकरणमा सरकार मौन बसेको भन्दै छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्नुभयो ।

त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएपछि घिमिरेले नियमापत्ति गर्दै संसदमा मर्यादित बन्नुपर्ने विषयमा ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले उठेर भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै विरोध जारी राखेपछि बैठक सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गर्नुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button