तपाईँ सुन्दै हुनुहुन्छः

ढोरपाटनमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

बागलुङ । पश्चिम बागलुङको ढोरपाटन नगरपालिका–५ बतासे डाँडामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्ड हुँदै सही खोलातर्फ जाँदै गरेको लु प्र. ०१–००१ – १७७५ नम्बरको जीप शुक्रबार अपराह्न बतासे डाँडामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी १४ जना घाइते भएका छन् । जिप सडकदेखि अन्दाजी ६० मिटर तल खेतमा खसेको थियो  । जीपमा १६ जना यात्रु सवार थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर, दश जनाको मध्यम र एकको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो ।

मृतकहरूको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घाइतेहरूको हाल बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको प्रनाउ पाण्डेले बताए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button