तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार १५ मा बस्ने

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार १५ मा बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी बैठक असार १५ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीति छलफल हुनेछ । काँग्रेसले असार १५ गतेको केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित हुनका लागि पार्टीका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button