तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका तीन प्रदेश सभा सदस्य निलम्बनमा

जनकपुरधाम । मधेश प्रदेश सभाका सदस्य एवं पूर्व राज्यमन्त्री सरोज कुमार सिंह निलम्बनमा पर्नुभएको छ । 

जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट उहाँ महोत्तरी निर्वाचन क्षेत्र नं. ४ (ख) बाट निर्वाचित हुनुभएको थियो । 

सिंहले विभिन्न उपभोक्ता समितिहरू गठन गरेको देखाई उक्त उपभोक्ता समितिका खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव बिनोद कुमार लाल कायस्थ मार्फत झिकी उक्त रकम आफ्नो र श्रीमतीको खातामा दाखिला गर्न लगाई सरकारी रकम दुरुपयोग गरेको भन्दै अख्तियारमा परेको उजुरीको आधारमा उहाँ काठमाडौँबाट निलम्बनमा पर्नुभएको थियो । 

अख्तियारले विशेष अदालत, काठमाडौँबाट गत बिहीबार पक्राउ पूर्जी लिई सोही दिन साँझ करिब ६ बजेको समयमा काठमाडौँ महानगरपालिका वडा नंं १० रत्नराज्य स्कुल नजिकबाट पक्राउ गरेको अख्तियारले जनाएको छ । आयोगले मधेस प्रदेश सभामा पठाएको पत्र सभामुख रामचन्द्र मण्डलले आजको प्रदेश सभामा पढेर जानकारी गराउनु भएको थियो । 

सिंह निलम्बनमा परेसँग मधेस प्रदेशमा निलम्बन हुने प्रदेश सभा सदस्यको सङ्ख्या ३ पुगेको छ । 

यसअघि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि नेकपा एमालेका प्रदेश सभाका सदस्य दिपेन्द्र ठाकुर र मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको भन्दै धनुषा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका नेता अभिराम शर्मा निलम्बनमा पर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button