तपाईँ सुन्दै हुनुहुन्छः

किसानले चैते धानको उचित मूल्य नपाएकोमा मन्त्रालयको ध्यानाकर्षण 

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधि चाडै तयार गर्न मन्त्रालयका सचिव, महानिर्देशक, महाशाखा प्रमुख एवं मातहतका कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।

सिंहदरबार स्थित मन्त्रालयमा आज बसेको मन्त्रालयका उच्च नेतृत्वको बैठकमा मन्त्री अधिकारीले स्थानीय तहमा सशर्त सञ्चालनमा रहेका कार्यक्रमहरूको अनुगमन र मूल्याङ्कन गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिनुभयो । 

हाल चैते धानको न्यूनतम समर्थन मूल्य भन्दा ज्यादै कम मूल्यमा विक्री गर्नुपरेको किसानहरूको गुनासो सम्बोधन गर्नका लागि सम्बन्धित निकायसँग समन्वय गरि आवश्यक व्यवस्था गर्न पनि मन्त्री अधिकारीले निर्देशन दिनुभयो ।

बैठकमा मन्त्रालयका सचिव कृषि विकास तर्फ डा.गोविन्द प्रसाद शर्मा र पशुपन्छी विकास तर्फ डा.दीपक कुमार खराल सहित विभाग, महाशाखा एवं कार्यालय प्रमुखहरुले सम्बन्धित विषयको जानकारी गराउनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button