तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वराष्ट्रपति भण्डारीद्वारा भारतको विमान दुर्घटनाप्रति दुःख व्यक्त

पूर्वमुख्यमन्त्री विजय रुपाणीको निधनप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतको गुजरातस्थित अहमदावादमा एयर इन्डियाको विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ।

भण्डारीले सामाजिक सञ्जालमार्फत विमानमा सवार अधिकांश यात्रुहरूको निधन भएको समाचारले आफू मर्माहित भएको जनाउनुभएकाे छ। एयर इन्डियाको एआई–१७१ जहाज लण्डनका लागि उड्ने क्रममा सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो।

उहाँले आफू राष्ट्रपति भएका बेला भारत भ्रमणको क्रममा गुजरात पुग्दा तत्कालीन मुख्यमन्त्री विजय रुपाणीबाट पाएको आतिथ्य सम्झँदै उक्त दुर्घटनामा रुपाणीको निधन भएको खबरले थप दुःखी बनाएको उल्लेख गर्नुभएकाे छ।

दुर्घटनामा परि ज्यान गुमाएका पूर्वमुख्यमन्त्री विजय रुपाणी, मेडिकल कलेजको छात्रावासमा रहेका विद्यार्थी, स्थानीय बासिन्दा तथा चालक दलसहित सबै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै भण्डारीले शोकसन्तप्त परिवारजनप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्नुभएकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button