तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको बैठक बुधबार बस्ने गरी स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक यही जेठ २८ गते बुधबार बस्ने भएको छ । 

आज दिउँसो ३ बजेर ३५ मिनेटमा आधा घण्टापछि बस्ने गरी निर्धारण भएको बैठक निर्धारित समयमा बस्न नसकेपछि स्थगित भएको थियो । 

संसद् सचिवालयले सूचना टाँस गरी अर्को बैठक बुधबार दिउँसो १ बजे जनाएको हो ।  

“प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले सभाको अर्को बैठक यही जेठ २८ गते बुधबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ”, सूचनामा भनिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button