मोटरसाइकल दुर्घटनामा परी बाँकेमा एक जनाको मृत्यु
नेपालगन्ज । मोटरसाइकल दुर्घटनामा परी बाँकेमा एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं.६ रझेना निवासी ३६ वर्षीय सरोज मरासैनीको गएराती ११ बजे नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
राती साढे १० बजे दुर्घटनामा परेर मरासिनी गम्भीर घाइते हुनुभएको थियो । त्यसपछि उहाँलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो । चिकित्सकले राती ११ बजे मृत घोषणा गरेका थिए ।
नेपालगन्जबाट कोहलपुर जाने क्रममा कोहलपुर नगरपालिका वडा नं.१४ हवल्दारपुरमा आफैँले चलाएको भे ९ प ८१५७ नम्वरको मोटरसाइकल अनियन्त्रित हुँदा मरासिनी दुर्घटनामा पर्नुभएको थियो । दुर्घटनास्थलमा सडक मर्मतका लागि खाडलहरु खनिएको छ । उहाँ त्यसैमा पर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्