तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानसेनापतिद्वारा काजी कालुपाण्डेप्रति श्रद्धासुमन

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सेनापति काजीकालु पाँडेको सालिकमा माल्यार्पण गरी श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित समाधिस्थलमा आज आयोजित २६८औँ स्मृति दिवसमा स्थानीय जनप्रतिनिधिलगायतले सालिकमा श्रद्धासुमनसहित पुष्प अर्पण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पूर्व रथी पवनबहादुर पाँडे, इतिहासविद् राजाराम सुवेदीले स्वर्गीय पाँडेको योगदानका विविध पाटोबारे प्रकाश पार्नुभएको थियो । 

काजी कालु पाँडेले नेपाल एकीकरण अभियानका क्रममा कीर्तिपुरको लडाइँमा वीरगति प्राप्त गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button