तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक बिहीबार एक बजे सम्मका लागि स्थगित

काठमाडौँ । भिजिट भिसा प्रकरणको विषयलाई लिएर अवरुद्ध संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्न सकेन । 

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर बिहीबार दिउसो १ बजेका लागि सारिएको छ ।

यसअघि आज दिउसो एक बजेका लागि बोलाइएको बैठक पनि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाका विषयमा सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा रहेपछि सूचना टाँस गरेर सवा ३ बजेसम्मका लागि स्थगित गरिएको थियो । 

यसअघि, आज दिउसो एक बजेका लागि बोलाइएको बैठक पनि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाका विषयमा सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा रहेपछि सूचना टाँस गरेर सवा ३ बजेसम्मका लागि स्थगित गरिएको थियो । 

यसैबीच, प्रतिनिधि सभाको गतिरोध अन्त्य गर्ने सम्बन्धमा सभामुख देवराज घिमिरेले आजपनि प्रतिपक्ष र सत्तापक्षीय दलका प्रमुख र मुख्य सचेतकहरूसँग छलफल गर्नु भएको थियो । 

संघीय संसद् भवन नयाँ बानेश्वरमा सभामुख घिमिरेसहित विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक सत्तापक्ष र विपक्ष दलहरू आ–आफ्नो अडानमा कायम रहेपछि बैठक विना निष्कर्ष सकिएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । 

प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने, भिजिट भिसामा भएका अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनबारे छानबिन गर्न संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने  अडान कायम राखेका छन् । 

सत्तापक्षीय दलहरूले भने भिजिट भिसा प्रकरणका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकाले गृहमन्त्री लेखकले राजीनामा दिन नपर्ने बताउँदै आएका छन् । 

भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभाको जेठ १३ र १४ गतेको बैठक पनि विपक्षी दलहरूले अवरोध गरेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button