तपाईँ सुन्दै हुनुहुन्छः

‘सबै प्रकारका छुवाछुत तथा जातीय विभेदको अन्त्य जरुरी’

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सदियौँदेखि समाजमा व्याप्त जातीय विभाजन र छुवाछुतजस्ता प्रथाहरूको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ ।

भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस–२०८२ को अवसरमा सम्पूर्ण प्रदेशवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना सन्देश आज जारी गर्दै उहाँले अमानवीय तथा विभेदकारी प्रथाहरूले समानता, समावेशिता र सामाजिक न्यायमा गम्भीर असर पुर्‍याउँदै आएको भन्दै समानता, समावेशिता र सामाजिक न्यायका लागि काम गर्न जरुरी रहेको बताउनुभयो ।

मुख्यमन्त्री सिंहले प्रदेश सरकारले समाजमा व्याप्त सबै प्रकारका विभेदको अन्त्यका लागि नीति, कार्यक्रम तथा जनचेतनामूलक अभियानलाई प्राथमिकताका साथ अघि बढाइरहेको पनि सन्देशमा मार्फत जनाउनुभएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button