तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्रीको राजीनामा नआएसम्म संसद्को अवरोध कायमै राख्ने माओवादीको निर्णय

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद्को अवरोध कायमै राख्ने निर्णय गरेको छ । 

संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिनुभयो ।

उपमहासचिव पुनले भिजिट भिसा प्रकरणमा सेटिङको विषयमा को संलग्न छ छैन भन्ने कुरा छानबिनले देखाउने भन्दै छानबिनको लागि गृहमन्त्री लेखकले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने दलको निष्कर्ष रहेको स्पष्ट पार्नुभयो ।

उहाँले अहिलेको अवस्थामा गृहमन्त्री लेखकको राजीनामाको मागबाट पछि हट्ने अवस्था नरहेको भन्दै भोली संसद् बस्नु अघि प्रतिपक्षी दलका नेताहरूसँग छलफल गरेर थप अगाडी बढ्ने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button