तपाईँ सुन्दै हुनुहुन्छः

सिद्धार्थनगरको सुन्दरीकरण तथा फोहोर व्यवस्थापनका लागी प्रदेश सरकार प्रतिबद्ध छ: मुख्यमन्त्री आचार्य 

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकाको सुन्दरीकरण तथा फोहोर व्यवस्थापनका लागी बजेट बिनियोजन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको लुम्बिनी प्रदेशका मुख्य मन्त्री चेत नारायण आचार्यले बताउनुभएको छ । 

संविधान सभा सदस्य एवं सिद्धार्थनगर नगरपालिकाकाका नगर प्रमुख इस्तियाक अहमद खांंन सहित प्रतिनिधि टिम सँगको भेटमा मुख्यमन्त्री आचार्यले नगरको सुन्दरीकरण र फोहर व्यवस्थापनमा प्रदेश सरकार प्रतिबद्ध रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

संविधान सभा सदस्य एवम् सिद्धार्थनगर नगरपालिका रुपन्देहीका नगर प्रमुख इश्तियाक अहमद खानले आगामी आर्थिक बर्ष २०८२र०८३ का लागी लुम्बिनी प्रदेश सरकारसँग फोहर व्यवस्थापनका लागि मेसिन खरिद गर्न बजेट माग गर्नुभएको थियो । 

सिद्धार्थनगरको विकास तथा सुन्दरिकरण, फोहोर मैला व्यवस्थापनको लागि मेसिन खरिद लगायतका कामको लागि बजेट माग गर्नुभएको हो । आइतबार प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सहित अन्य मन्त्रीहरू सँग भेट गरि आन्तरिक स्रोत कम भएको सिद्धार्थनगरको विकासका लागि आवश्यक बजेट बिनियोजन गर्न मेयर खानले माग गर्नु भएको हो ।

नगरको आर्थिक स्रोत कम भएको र जनताको अपेक्षा एवम् नगरमा गर्नुपर्ने काम धेरै भएको उल्लेख गर्दै उहाँ मुख्यमन्त्री सहित मन्त्रीहरूलाई बजेट विनियोजनमा कन्जुसी नगर्न आग्रह समेत गर्नु भएको हो । उहाँले मुख्यमन्त्री आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकाल, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड  विक्रम न्यौपाने,  ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री सिता शर्मा, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना लगायतका मन्त्रीहरू सँग भेट गर्नु भएको नगर प्रमुखका स्वकीय सचिव वकरत बादशाहले जानकारी दिनुभयो । 

आगामी आर्थिक वर्षका लागि योजना छनौटमा सिद्धार्थनगरलाई पनि बजेट बिनियोजन गर्नमा मन्त्रीहरूले सकारात्मक आश्वासन दिएको नगर प्रमुख खानले जानकारी दिनुभयो । प्रदेश राजधानी राप्ती उपत्यका दाङमा भएको भेटमा नगर प्रमुख सहित वडा न १३ का वडा अध्यक्ष सोमबहादुर गुरुङ, प्रेस सल्लाहकार श्याम शङ्कर पाण्डे लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button