तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा बैठक: भिजिट भिसा काण्डको निष्पक्ष छानबिन गर्न माग

काठमाडौँ  । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले देशमा बढ्दो भ्रष्टाचार र भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयका उच्च पदाधिकारीहरूको संलग्नता रहेको भन्दै सरकारमाथि कडा प्रश्न उठाएका छन्।

विशेष समयमा बोल्दै सांसदहरुले सुशासनको अभावले मुलुकको अन्तर्राष्ट्रिय छवि गम्भीर रूपमा धुमिल भएको बताउँदै, सत्यतथ्य छानबिनका लागि गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका छन्।

साथै, सांसदहरुले आगामी बजेट जनताको भावना अनुसार ल्याइनुपर्नेमा जोड दिँदै कृषक तथा कृषि क्षेत्रलाई प्राथमिकता दिन, विपद व्यवस्थापनमा प्रभावकारी कदम चाल्न र बासस्थानको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकमा सांसदहरूको धारणा राख्ने क्रम जारी रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button