मधेश प्रदेश लिग : सप्तरी फाइनलमा
सप्तरी । बाराको कलैयामा जारी मधेश प्रदेश क्रिकेट लिगमा सप्तरीका ब्याटर राहुल विकको विस्फोटक ब्याटिङले सप्तरी फाइनलमा प्रवेश गरेको छ ।
मङ्गलवार बाराको कलैया सिद्वेश्वर खेल मैदानमा भएको सेमिफाइनल खेलमा धनुषालाई ३ विकेटले पराजित गर्दै सप्तरी सिनियर क्रिकेट टिम फाइनलमा प्रवेश गरेको हो ।
धनुषाले दिएको ९९ रनको लक्ष्य सप्तरीले १९ ओभर २ बलमा ७ विकेट गुमाएर भेट्टाएको थियो । जसमा राहुल बिकले ३१ बलमा ४ छक्का र ४ छक्काको मदतले ४८ रन बनाउँदै नटआउट खेलेपछि सप्तरीले अन्तिम ओभरमा जित निकालेका थियो ।
सप्तरीको सुरुवात कमजोर रहेको अवस्थामा राहुल बिकले सातौं नम्बरमा ब्याटिङ गर्न आएपछि बिकले उत्कृष्ट प्रदर्शन गरेपछि सप्तरी फाइनलमा प्रवेश गरेको हो ।
सप्तरीले पहिलो ओभरमा रोहन विकलाई गुमाएसँगै टिम कमजोर अवस्था पुगेको थियो । सुरुवातमा रोहन विकसँगै अभिषेक कार्की, भोला साह, पप्पु यादव, नितेश यादव सहित ५ जना ब्याटरले दोहोरो अंक पार गर्न सकेनन् ।
यसैगरी टिमका लागि कप्तान अमित यादवले ११ रन बनाएका थिए भने वसन्त यादवले नटआउट रहँदै ४ रन बनाएका थिए ।
खेलको प्लेयर अफ दि म्याच सप्तरीका राहुल बिक घोषित भएका थिए ।
ज्येष्ठ १५ गते वीरगञ्जमा बारा र सप्तरी बिच फाइनल खेल हुने मधेश प्रदेश क्रिकेट सङ्घका सचिव आयुष श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्