नेकपा माओवादी केन्द्रले आज दुुईवटा पार्टीको पार्टी एकीकरण र समायोजनको घोषणा गर्दै
काठमाडौँ। नेकपा माओवादी केन्द्रसँग आज दुुईवटा पार्टीको पार्टी एकीकरण र समायोजनको घोषणा गर्दैछ ।
माओवादीले केन्द्रले गङ्गानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) र विजय शैजु नेतृत्वको नेपा राष्ट्रिय पार्टीसँग एकीकरण र समायोजन घोषणा गर्न लगेको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं) प्रवक्ता अग्नी प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
यसैगरी नेकपा माओवादीको आज बसेको पदाधिकारी बैठकले मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्ग केन्द्रित दुवै अभियान प्रभावकारी र सफल भएको निष्कर्ष निकालेको छ ।
बैठकपछि प्रवक्ता सापकोटाले राष्ट्रिय एकता, जनजीविका, राजनीतिक आर्थिक, सामाजिक, सांस्कृतिक सबै कुराहरूमा नयाँ संश्लेषण गर्नका लागि दुवै अभियानले मजबुत आधार तयार पारेको विश्लेषण गरिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्