तपाईँ सुन्दै हुनुहुन्छः

१० महिनामा १३ हजार पर्यटकद्वारा गरे रारा भ्रमण

जुम्ला । चालू आर्थिक वर्षको १० महिनामा १३ हजार बढी पर्यटकले रारा तालको भ्रमण गरेका छन् । वैशाख मसान्तसम्म १३ हजार १४ जना पर्यटकले अवलोकन गरेको रारा राष्ट्रिय निकुञ्जका प्रमुख महेश न्यौपानले बताउनुभयो । 

उहाँका अनुसार कूल १३ हजार १४ जना पर्यटक रारा घुम्नेमा  १२ हजार ७ सय ६१ जना नेपाली र २०८ जना विदेशी,सार्क राष्ट्रका ४५ जना   पर्यटक रहेका छन् । नेपाली पर्यटक कूल १२ हजार ७६१ जनामध्ये पुरुष ८ हजार २३४ जना र महिला ४ हजार २७ जना रहेका छन् । सार्क राष्ट्रका ४० पुरुष र ५ जना महिला छन् । उता विदेशबाट १० महिनाको अवधिमा ११८ जना पुरुष र ९० जना महिलाले रारा भ्रमण गरेका छन् । 

रारा राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्ष २०८१र८२ को १० महिनामा १९ लाख बढी राजश्व सङ्कलन गरेको छ । चालू आवको बैशाख मसान्त सम्ममा कूल १९ लाख ७६ हजार ६ सय रुपैयाँ राजश्व सङ्कलन भएको प्रतिवेदनमा उल्लेख छ ।

जसमा रारामा आउने प्रति नेपालीबाट एक सय रुपैयाँ उठाउने गरिएको छ । सार्क रुष्टका पर्यटकबाट प्रतिव्यक्ति एक हजार पाँच सय र विदेशी पर्यटकबाट प्रतिव्यक्ति तीन हजार रुपैयाँ शुल्क उठाउने गरेको रारा राष्ट्रिय निकुञ्ज मुगुले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button