जगदुल्ला पाटनमा लेक लागेर एक जनाको मृत्यु
डोल्पा । डोल्पाको जगदुल्ला पाटनमा लेक लागेर एक जनाको मृत्यु भएको छ ।
गुठिचौर २ गोठिगाउका ३२ वर्षका भिम बहादुर बोहोराको जगदुल्लाको यार्चा पाटनमा अत्यधिक हिमपात भएपछि जाडो र हाई लागेर रगत बान्ता हुन थालेपछि आफन्तहरुले घर फर्काउँदै गर्दा बुधबार दिउँसो मृत्यु भएको आफन्त गोपाल बोहोराले जानकारी दिनुभयो ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय डोल्पाले कुनै जानकारी नआएको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्