तपाईँ सुन्दै हुनुहुन्छः

हावाहुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित

दैलेख । दैलेखमा आज बिहान चलेको हावाहुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ ।

बिहानै चलेको हावाहुरीले दैलेखको डुङ्गेश्वर गाउँपालिका २ को भैरवदेवी प्राथामिक विद्यालयको तिन कोठे छाना उडाएपछि पठनपाठन प्रभावित भएको हो । कक्षा ५ सम्म पढाई हुने विद्यालयको टिनको छानो हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक नवराज विष्टले जानकारी दिनुभयो ।

विद्यालयको छाना उडाएपछि पठनपाठन नै बन्द गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक विष्टले बत्ताउनुभयो । गाउँपालिकाले तत्काल छाना नहाल्ने हो भने पठनपाठन गर्न नसकिने उहाँको भनाई छ ।

हावाहुरीले छाना उडाउँदा ५ लाख बराबरको क्षति भएको डुङ्गेश्वर गाउँपालिका २ का वडाध्यक्ष यामबहादुर विष्टले जानकारी दिनुभयो । टिनको छाना उडाउँदा पुस्तकालयका सामान, डेस्क बेन्च लगायत अन्य शैक्षिक सामग्री पनि भिजेर काम नलाग्ने भएको वडाध्यक्ष विष्टको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button