अवरुद्ध कान्तिलोकपथ एकतर्फी सुचारु
मकवानपुर । डाइभर्सन बगाउँदा अवरुद्ध कान्तिलोकपथ सडक एकतर्फी रुपमा सुचारु भएको छ ।

वर्षासँगै आएको बाढीले कान्तिलोकपथमा पर्ने बागमती पुल (बगुवा खोला) मा बनाइएको ‘डाइभर्सन’ बगाएपछि सो सडक आज बिहानै अवरुद्ध भएको थियो ।
वर्षासँगै खोलामा पानीको बहाव एक्कासि बढ्न गई डाइभर्सनमा प्रयोग भएका ह्युमपाइप बगाउँदा अवरुद्ध सडक डाइभर्सन मर्मत गरी सुचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । हाल उक्त सडक हुँदै साना सवारी साधन (कार, जिप,स्कारपियो र मोटरसाइकल) लाई एकतर्फी आवज जावतको व्यवस्था मिलाएको साथै ठुला सवारी साधनलाई डाइभर्सन नबनुन्जेलसम्मको लागि आवत जावतमा रोक लगाएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्