वातावरणीय महत्वबारे विश्वलाई ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजना : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वलाई गम्भीररुपमा ध्यानाकर्षण गराउन सगरमाथा संवादको आयोजना गरिएको बताउनुभएको छ ।
सगरमाथा संवादको पूर्वसन्ध्यामा आज नेपाली उच्चपदाधिकारीहरुका लागि प्रधानमन्त्रीद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वातावरणीय मुद्धामा लापर्वाही र विलम्म गरिए विनाशमा पुगिने भएकाले यसमा दुुनियाँको ध्यान पुुग्न जरुरी रहेको बताउनुुभयो ।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाशीध प्रकाशमान सिंह राउत, प्रतिनिधिसभामा सभामुुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरु डा बाबुराम भट्टराई, झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, मन्त्रीगणलगायत सहभागी हुनुुहुुुन्थ्यो ।
यही जेठ २ गतेदेखि ४ गतेसम्म नेपाल सरकारले पहिलो पटक काठमाडौँमा सगरमाथा संवादको आयोजना गरेको छ ।
कार्यक्रमका लागि हालसम्म ३७ देशका १६० विदेशी पाहुुना नेपाल आइसकेका छन् ।
प्रतिक्रिया राख्नुहोस्