जेठ १८ गते रातो मच्छिन्द्रनाथको भोटो देखाइने
ललितपुर।ललितपुरको रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत जेठ १८ गते जुरेको छ । मछिन्द्रनाथको रथजात्राअन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा लिइन्छ ।
रातो मच्छिन्द्रनाथको रथ यही जेठ १५ गते लगनखेलको थती टोलबाट जावलाखेल लैजाने भएको छ । लगनखेलको थती टोलबाट रथ तान्न साइत हेर्नु पर्ने भएकोले आज मंगलबजारको सोह्रखुट्टेमा बसेर ज्योतिषहरुले निकालेको साइतअनुसार रथ तान्ने उत्तम दिन जेठ १५ गते रहेको ज्योतिष दैवज्ञ किर्तिकिरण जोशीले बताउनुभयो ।
रथलाई जावलाखेल पुर्याएको चार दिनपछि अर्थात जेठ १८ गते भोटो देखाउने जात्राको साइत जुरेको हो ।
बर्षा र सहकालको देवताका रुपमा रहेको ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा भोटो देखाउने जात्रापछि बाजागाजाका साथ बुङ्गमति लगिएपछि यस बर्षको जात्रा सम्पन्न भएको मानिन्छ ।
प्रतिक्रिया राख्नुहोस्