तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु 

सप्तरी । हुलाकी सडकखण्ड अन्तर्गत सप्तरीको बिष्णुपुर गाउँपालिका–१ खुरुहुरीयामा आज ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ कबिलासा बस्ने सिपैतलाल सन्तको छोरा वर्ष १८ को दिपक कुमार सन्त रहेको सप्तरी प्रहरीले जनाएको छ ।

पत्थरगाढाबाट राजविराजतर्फ आउँदै गरेको अनटेष्ट ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट छेउको खाल्डोमा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते सन्तको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । 

ट्याक्टर प्रहरी नियन्त्रणमा राखी घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button