तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकले ठक्करबाट स्कुटर चालकको मृत्यु 

चितवन । पूर्वी चितवनको रत्ननगर वडा नं १ सौराहा चोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बुधबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा रत्ननगर वडा नं १६ निवासी अन्दाजी २७ वर्षीय किशोर श्रेष्ठ रहेका छन् ।

इलाका प्रहरी कार्यालय टाँडीका अनुसार भरतपुरबाट खैरहनीतर्फ जाँदै गरेको ना ६ ख ६२८२ नम्बरको ट्रकले ना ६४ प ४३३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

घाइते स्कुटर चालकलाई तत्काल रत्ननगर अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि चितवन मेडिकल कलेज रिफर गरिएकोमा उपचारका क्रममा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।  ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button