तपाईँ सुन्दै हुनुहुन्छः

ओभरलोडले चोरमाराको पुल भाँचियो, पूर्व पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी पूर्वी नवलपरासी स्थित मध्यविन्दु नगरपालिका वडा नम्बर ७ र ८ जोड्ने चोरमाराको गिरवारी खोलाको पुल ओभरलोडको कारण भाँचिएको छ। पुल भाँचिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीका अनुसार सोमबार पुल भाँचिएपछि दुवैतर्फको सडक यातायातका लागि बन्द गरिएको छ।

पुलको मुखमै बस बिग्रिएको कारण राजमार्ग एकतर्फी रूपमा सञ्चालन हुँदै आएको थियो। म.प्र.०३-००१ क ३१६३ नं.को १८ चक्के कच्चा पदार्थ बोकेको टेलर, जसले होङ्सी सिमेन्ट कम्पनीबाट बिरगंजतर्फ जाँदै गरेको थियो, सहित अन्य सवारी साधनहरू होल्ड भएपछि उक्त गिरवारी खोलाको पुलको बीच भाग दबिएको प्रहरीले जनाएको छ।

सवारी साधनहरूको लोडका कारण पुलमा जोखिम देखिएपछि दुवैतर्फ सडक बन्द गरिएको छ। पुलमा प्रहरी टोली खटिएको छ र बैकअप सडक मार्गको व्यवस्था गरिने जानकारी दिइएको छ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्वकै दुम्कीवासको फलामे पुल भाँचिएको ४ महिना पछि यो चोरमाराको पुल भाँचिएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button