तपाईँ सुन्दै हुनुहुन्छः

पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ ।

आज दिउँसो पौडिखेल्ने क्रममा जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ स्थित अम्वाखोली सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको कृत्रिम तालमा साथीहरूसँग पौडी खेल्ने पुगेका त्रिवेणी गाउँपालिका वडा नं. ९ सिस्नेरी स्थायी घर भई हाल तुलसीपुरमा अध्ययनका लागि अस्थायी बसोबास गर्दै आई रहेका १६ वर्षीय भुपेन्द्र विकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका जनाएको छ ।

मृतक विकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल तुलसीपुर लगिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button