सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल

काठमाडौँ । सत्ता गठबन्धनका प्रमुख दल नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीच छलफल भएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सरकार सञ्चालन तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा र प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी हुनुहुन्थ्याे ।
प्रतिक्रिया राख्नुहोस्