प्रहरीले कानुनको कार्यान्वयन गर्ने बाहेक चौधरीसँग कुनै पूर्वाग्रह राखेको छैन: मन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी नाउपाका संरक्षक रेशम चौधरी पक्राउबारे प्रहरीले कानुनको कार्यान्वयन गर्ने बाहेकको कुनै पूर्वाग्रह नराखेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री रमेश लेखकले यसअघि अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेझैँ यस घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक कुनै पूर्वाग्रह नरहेको जानकारी गराउनुभयो ।
यस्तै गृहमन्त्री लेखकले चैत्र १५ गते तीनकुनेमा भएको घटनामा अनुसन्धान भइरहेको र अराजक गतिविधि गर्नेलाई कानूनको दायरामा ल्याइ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक अधिकारको निर्बाध उपयोग गर्न पाउने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
गृहमन्त्री लेखकले संविधानले निषेध गरेका कुनै गतिविधि नगर्न आग्रह गर्नुहुर्दै त्यस्ता गतिविधि सह्य नहुने पनि स्पष्ट पार्नुभयो ।
बझाङ,डोटी र जाजरकोटका भूकम्प प्रभावितहरूको राहत र अस्थायी आवास निर्माणको काम तीव्र रुपमा भइरहेको र विस्तृत क्षति आङ्कलनको काम पनि भइरहेको जानकारी गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्