तपाईँ सुन्दै हुनुहुन्छः

पश्चिमी सीमा क्षेत्रमा पनि बढाइयो सुरक्षा सतर्कता

कञ्चनपुर । भारत र पाकिस्तानबीच पछिल्लोपटक बढ्दो तनावलाई मध्यनजर गर्दै नेपाल(भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता कडा पारिएको छ । त्यसै सिलसिलामा विशेष गरी पश्चिमी सीमा क्षेत्र कञ्चनपुर र कैलालीका वैधानिक सीमा नाका तथा खुला सीमामा निगरानी बढाइएको हो ।

कञ्चनपुर प्रशासनका अनुसार, अहिले सशस्त्र प्रहरी बल (एपीएफ) का ४१ वटा गस्ती टोलीहरू सीमाक्षेत्रमा परिचालन गरिएको छ । यसका अतिरिक्त नेपाल प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले समेत सीमा क्षेत्रमा निगरानी बढाएका छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार, ‘भारत-पाकिस्तानबीचको सम्भावित द्वन्द्वको असर खुला सीमामा नपरोस् भनेर हामीले सुरक्षालाई प्राथमिकतामा राखेका छौँ । सबै सुरक्षा निकायलाई सक्रिय बनाइएको छ।’ सीमामा हुने आवत जावत तथा गतिविधिमा निगरानी बढाइएसँगै सर्वसाधारणलाई अनावश्यक रूपमा सीमा पार नगर्न आग्रह गरिएको छ । प्रशासनले सम्भावित जोखिम न्युनिकरणका लागि स्थानीय तहसँग पनि समन्वयमा काम गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button