राष्ट्रिय महिला हक्की : आर्मी शीर्ष स्थानमा
काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लब राष्ट्रिय महिला हक्की प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ । सिङ्गल राउन्ड रोविन लिगमा आर्मी शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो । ४ टिम सहभागी महिलामा अपराजित आर्मीले सर्वाधिक ९ अंक जोड्यो ।
च्यासल मैदानमा आर्मीले फाइनल सरहको लिगको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३–० गोलअन्तरले पराजित गर्यो । आर्मीका लागि दमरा भट्टले दुई तथा सीतामाया बलले एक गोल गरे । दुईमा जित र एकमा हार बेहोरेको गण्डकी ६ अङ्कसाथ दोस्रो भयो ।
नेपाल हक्की सङ्घद्वारा आयोजित प्रतियोगितामा तीन अङ्कसाथ मधेश प्रदेश तेस्रो भयो ।








प्रतिक्रिया राख्नुहोस्