तपाईँ सुन्दै हुनुहुन्छः

एमाले सचिवालय बैठक: वर्तमान सरकार बनेपछि मुलुकले राजनीतिक र नीतिगत स्थिरता पायो

काठमाडौँ । नेकपा एमालेको आज बसेको सचिवालय बैठकले वर्तमान सरकार बनेपछि मुलुकले राजनीतिक र नीतिगत स्थिरता पाएको निष्कर्ष निकालेको छ ।

बैठकले राजनीतिक स्थिरतालाई खलबलाउन, कमजोर बनाउन सक्रिय पक्षहरू असफल बन्दै गएको र मुलुक राजनीतिक स्थायित्वको बाटोमा अघि बढेको निष्कर्ष निकालेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।

बैठकमा सरकारले संघीय संसदमा पेश गरेको आगामी आर्थिक नीति तथा कार्यक्रममाथि छलफल भएको. र नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सक्ने गरी बजेट बन्नुपर्नेमा नेताहरूले जोड दिनुभएको उपमहासचिव ज्ञवालीले बताउनुभयो ।

बैठकमा नेताहरूले रणनीतिक महत्वका योजनाहरूलाई प्राथमिकता दिन बजेट कार्यान्वयनलाई परिणाममुखी बनाउन र सूचना प्रविधिलाई विकासको महत्त्वपूर्ण अङ्गको रुपमा प्रयोग गर्न सुझाव दिनुभएको छ ।

यस्तै बैठकले आन्दोलनरत शिक्षक तथा चिकित्सकहरूसँग सहमति गरी सकारात्मक सन्देश दिएकोमा सरकारलाई धन्यवाद समेत दिएको उपमहासचिव ज्ञवालीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button