मधेस प्रदेशमा २३ गते मङ्गलवार सार्वजनिक बिदा
सप्तरी । मधेस प्रदेश सरकारले यहीँ वैशाख २३ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

जानकी नवमी (सीता जयन्ती) पर्वको अवसरमा सरकारले मङ्गलवार सार्वजनिक बिदा दिइएको हो ।
प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज एक सूचनामार्फत मधेस प्रदेशमा २०८२ सालमा दिइने थप बिदासम्बन्धी प्रदेश राजपत्र बमोजिम २०८२ साल वैशाख २३ गते मंगलबारका दिन जानकी नवमी (सीता जयन्ती) पर्व परेकोले सार्वजनिक बिदा दिइएको मधेस प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले जानकारी दिनुभयो ।
त्यस्तै जेठ २८ गते बुधबार कवीर दास जयन्तीका दिन पनि प्रदेशभरि सार्वजनिक बिदा दिइने भएको छ ।
प्रतिक्रिया राख्नुहोस्