तपाईँ सुन्दै हुनुहुन्छः

भारतको उडिसास्थित किट विश्वविद्यालयमा एनओसी नदिन सांसदहरूको सुझाव 

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा एनओसी नदिन सरकारलाई सुझाव दिनुभएको छ  ।

बैठकको आकस्मिक समयमा बोल्ने अधिकांश सांसदहरूले केआईआईटी विश्वविद्यालयमा अध्ययनरत वीरगन्जकी प्रिसा साह र अध्ययनका लागि बेलायत गएका सुशान ओली मृत भेटिएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।  

सासदहरुले तीन महिनाको अन्तरालमा भारतको किट विश्वविद्यालयको छात्रावासमा दुुईजना नेपाली विद्यार्थी प्रकृति लम्साल र प्रिसा शाहले आत्महत्या गरेको विषयमा निष्पक्ष छानविको माग गर्नुभयो ।

सांसदहरुले अध्ययनका लागि बेलायत गएका रुकुम पश्चिमका  सुशान ओलीको बेलायत एक नदी किनारमा शव भेटिएको भन्दै विदेशी भूमिका नेपाली विद्यार्थीको सुरक्षाको माग गर्नुभयो ।

उहाँहरूले करिब तीन महिना अघि भारतको किट विश्वविद्यालयमा मृत भेटिएकी लम्सालको विषयमा भइरहेको अनुसन्धानबारे संसदमा  जानकारी गराउन सरकारकारसँग मागसमेत गर्नुभयो ।

बैठकमा कृष्णबहादुर रोकाया, गंगाकुुमारी वेल्वासे, सुमित्रा बिसी, मदन कुमारी शाह गरिमा मोहम्मद खालिद, शेखरकुमार सिंह, तुलप्रसाद विश्वकर्मा लगायतले नेपाली विद्यार्थीलाई विदेशी भूमिमा पढ्न पठाउने विषयलाई सुरक्षित बनाउन माग गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button