तपाईँ सुन्दै हुनुहुन्छः

आगामी वर्ष सबै नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउने भएको छ । 

आज संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराइने बताउनुभएको छ । 

राष्ट्रपति पौडेलले खानेपानी र सरसफाइमा क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य हासिल गर्ने बताउनुभयो । “विपद्का कारण भत्किएका खानेपानीका आयोजनाहरू र अधुरा खानेपानी आयोजनाको मर्मत गरी पानीको पहुँच वृद्धि गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो, “स्थानीय तह र उपभोक्ताको सह लगानीमा खानेपानी आयोजना एकीकृत रुपमा सञ्चालन गरिनेछ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button