तपाईँ सुन्दै हुनुहुन्छः

मोबाइल व्यवसायी महासङ्घको केन्द्रिय साधारणसभा हेटौडामा हुने

मकवानपुर । नेपाल मोबाइल व्यवसायी महासङ्घको चौथो केन्द्रिय साधारणसभा बागमती प्रदेशको राजधानी हेटौँडामा हुने भएको छ । महासङ्घले आज (मङ्गलवार) हेटौँडामा पत्रकार सम्मेलन गरेर साधारण सभा आगामी बैशाख २६ र २७ गते हुने जानकारी दिएको छ । 

महासङ्घका उपाध्यक्ष तथा साधारणसभा संयोजक छतेन्द्र आचार्यले चौथो साधारण सभाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गर्नुहुने बताउनुभयो । करिब २० लाख लागत लाग्ने साधारणसभालाई राभोज मोबाइल र साओ मि मोबाइल कम्पनीको प्रायोजन र अन्य विभिन्न अन्य व्यवसायीहरूले सह प्रायोजन गर्ने उहाँले बताउनुभयो । 

नेपालभरबाट करिब एक हजारभन्दा बढी व्यवसायीहरूको सहभागिता रहने साधारणसभा विशेष गरि मोबाइल व्यवसायमा देखिएका कानुनी समस्या, समाधानको बाटो, अवसर र चुनौतीको विषयमा केन्द्रित हुने उहाँले बताउनुभयो । साधारण सभामा पछिल्लो समयको पुस्ताले जन्माएको मोबाइल व्यवसाय सञ्चालनमा रहेका विभिन्न समस्याका विषयमा छलफल एवम् समाधानका विषयमा पनि छलफल हुने बताउनुभयो । नीति स्पष्ट नहुँदा नेपालका मोबाइल व्यवसायीहरू मारमा परेको उहाँको भनाई थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button