तपाईँ सुन्दै हुनुहुन्छः

माओवादीप्रति जनविश्वास बढ्दै गएको छः प्रचण्ड

Oplus_131072

नेपालगन्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीप्रति जनविश्वास बढ्दै गएको बताउनुभएको छ ।

जनतासँग माओवादी तराई मधेश जागरण अभियान अन्तर्गत बाँकेको फत्तेपुरमा आज आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उपनिर्वाचनदेखि पछिल्ला विभिन्न चुनावहरूमा नागरिकले देखाएको भरोसाले माओवादी पुरानै अवस्थामा फर्किने वातावरण बन्दै गएको जिकिर गर्नुभयो । उहाँले २०८४ मा माओवादी एक्लै निर्वाचन लड्ने दोहोर्‍याउँदै आफ्नै तागतमा सरकार बनाएर जनपक्षीय काम गर्ने उद्घोष गर्नुभयो । 

अध्यक्ष प्रचण्डले भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा माओवादीले देखाएको अग्रसरताले जनताको मन जितिरहेको दाबी गर्दै पार्टीका सबै तह र तप्कामा त्यही अनुसार गतिविधि सञ्चालन गर्न निर्देशन दिनुभयो । उहाँले पार्टीलाई नयाँ उचाई दिन आफू बढ्दो उमेरमा समेत क्रियाशील बनेको भन्दै अब निरन्तर जनतासँगको साक्षात्कारमा रहन बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button