तपाईँ सुन्दै हुनुहुन्छः

दुई विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश 

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा भन्सार विधेयक र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी दुई समितिको प्रतिवेदन सभा समक्ष पेश भएको छ ।

बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले भन्सार विधेयक र कानुन न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुबेदीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गर्नुभयो ।

सभामा प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसको सांसद माया राई पक्राउ परेको सूचना जानकारी गराइएको छ । 

राईलाई हिजो शनिवार प्रहरीले काठमाडौँको कपनबाट पक्राउ गरी हिरासतमा राखी अनुसन्धान भइरहेको विषयमा जिल्ला प्रहरी परिषद् अपराध अनुसन्धान तथा कारबाही शाखाले संसदमा पठाएको पत्रबारे सभामा जानकारी गाइएको हो ।  

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले विचार गरियोस् भनि प्रस्तुत गर्नुभएको नेपाल हवाई सेवा प्राधिकरण विधेयकमाथिको सामान्य छलफल जारी रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button